तीन हजार विद्यालय दरबन्दीविहीन
Published:
by .काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नुहँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाईएको छ।
२९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी रहेको छ। एक शिक्षक बराबर १० विद्यार्थी भन्दा कम विद्यालय संख्या २ हजार ८ सय १६ छन्। शिक्षा नियमावलीमा प्रत्येक कक्षामा काठमाडौं उपत्यका र तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना बराबर १ जनाको दरले शिक्षक हुनुपर्ने व्यवस्था छ।
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन मन्त्रिपरिषद्ले असार ४ गते पूवसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा बढी र निम्नमाध्यमिक तथा माध्यमिक तहमा अपुग रहेको जनाएको छ। प्रतिवेदन अनुसार प्राथमिक तहमा ३४ पतिशत अनुपात मिलेको छैन।
१ देखि ५ कक्षासम्म पढाइ हुने २७ हजार ७ सय २९ विद्यालय छन्। शिक्षक दरबन्दी मलिान गर्दा प्राथमिक तहमा ३ हजार ३ सय ८३ दरबन्दी बढी हुने तथा निम्नमाध्यमिक मा २५ हजार ४ सय २५ र माध्यमिक तहमा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी संख्या अपुग भएको प्रतिवेदनमा उल्लेख छ।
कान्तिपुर दैनिकबाट ।
Comments