Sajhamanch Archive

प्रदेश २ को नामकरणका लागि गरिए ४ नाम प्रस्ताव

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुरधाम । प्रदेश २ नामकरणका लागि चारवटा प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् ।

सत्ता साझेदार दलहरू नेपाली कांँग्रेस र एकीकृत समाजवादीले फरक फरक नामको प्रस्ताव गरेका छन् । कांँग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् ।

शुक्रबार बस्ने बैठकमा एमालेले प्रदेशको नाम जनक प्रस्ताव गर्ने भएको छ । कांँग्रेसका केही सांसदले भने मध्य मधेश नाम प्रस्ताव गरेका छन् ।
एक सांसद मात्र रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि मधेस नाममै सर्मथन गरेको छ ।

प्रदेशसभामा अहिले १०४ सांँसद छन् । नाम र राजधानीका लागि दुई तिहाइ मत अथार्त ७० सांसद आवश्यक पर्नेछ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीका सांँसद जोड्दा ६२ जना मात्र पुग्छन् । उनीहरूलाई दुई तिहाइ बहुमत पुर्‍याउन थप ८ सांसदको आवश्यक पर्छ ।

जसपासँग ३७, लोसपासँग १६ र माओवादी केन्द्रसँग आठ सांँसद छन् । एक सांँसद रहेको संघीय समाजवादी सर्मथन गरेपनि दुई तिहाइ पुग्ने अवस्था छैन् ।

यसयघि नामकरण र स्थायी राजधानी तोक्ने प्रदेशसभाको दुईपटक प्रयास असफल भइसकेका छन् । निर्वाचनबाट पनि दुई तिहाइ पुगेको थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *