Sajhamanch Archive

होकलाबारीदेखि सताक्षीधामसम्मको सडक कालोपत्रे गर्न थालियो

Published: in प्रदेश तह, समाज, by .

झापा, झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होलाबारी सम्मको सडक कालोपत्रे हुन थालेको छ ।

प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ कडोरको लागतमा २७ किमी सडकको तीब्र रुपमा भइरहेको छ । शुक्रबार प्रदेश सांँसद झलकसिंह दर्लार्मीले उद्घाटन गरेका थिए ।

सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडकमध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि।मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो ।

कार्यक्रममा संसाद दलार्मीले सडक निर्माणपछि दक्षिणी भेकका नागरिकलाई उत्तरी भेगसँग जोड्न सो सडकले ठूलो भूमिका खेल्ने बताए ।

चौरी बजारदेखि दक्षिण कनकाई माईको कटानबाट करिब एक किमी सडक बनाउन कठिनाइ भए तापनि सो स्थानमा पुल निर्माण गर्न मन्त्रलायसँग बजेट माग गरिएको सांसद दर्लामीले बताए ।

आउँदो आसार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडकको पूर्व पश्चिम लोकमार्गको झिलझिलेदेखि उत्तर सताक्षीधामसम्म कल्र्भड बनाउने काम सम्पन्न गरिएको र अव फिलिङ्गको काम सुरु हुने जनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *