२४ घण्टामा १५७ काेरोना संक्रमित थपिए : एक जनाको मृत्यु
Published:
by .काठमाडौँ, पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ । अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जना डिस्चार्ज भएका छन् भने दुई लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
Comments