Sajhamanch Archive

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ दलले गरे दल दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ ।

‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने जानकारी हिजै गराएको। निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्ले बताए ।

दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

नेपाल मजदूर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांँसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले भोट हाल्नेछन् ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । स्थानीय निकायको निर्वाचनमा भने यो संख्या वृद्धि हुने वाग्ले बताउँछन् ।

उनका अनुसार दर्ता भएका कागजपत्रको छानबिनको काम पछि राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गर्ने निर्णय आयोगले गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *