नेपाल निजामति कर्मचारी युनियनमा नयाँ कार्यसमिति चयन
Published:
by .भद्रपुर । नेपाल निजामति कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशनले कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयां कार्य समिति चयन गरेको छ ।
झापाको भद्रपुरमा शनिबार सम्पन्न कर्मचारी युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु सिवाकोटी,अरुण शाह र उशोदा कोईराला ,सचिवमा भानुभत्त भट्टराई ,सह सचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विक लगायतको २१ सदस्यीय नयां कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
आगामी ४ बर्षे कार्यकालका लागि गठित कार्य सगै आगामी माघ ८ गते देखि १० गते सम्म काठमाण्डौमा हुने युनियन केन्द्रिय अधिबेशन प्रतिनिधीहरु क्रमशः रमला बराल,कविराज कोईराला ,भमिबहादुर चेम्जोङ्ग,प्काश चौधरी,र नारयण दुलालाल लगायतको ५ सदस्यीय केन्द्रिय प्रतिनिधी समेत छनोट गरेको निर्वाचन समिति संयोजक जगत बहादुर मगरले जानकारी दिए ।
कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे तथा बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
Comments