Sajhamanch Archive

माओवादी महाधिवेशनको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।

अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पूर्णाकुमारी सुवेदी, परशुराम तामाङ, पर्शुराम रम्तेल र रूपा महर्जन छन्।

अहिले अध्यक्ष पुस्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ।​ आइतबार महाधिवेशन उद्घाटन गरिएको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमै बन्दसत्र सञ्चालन भइरहेको हो।

माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दसत्रमा अध्यक्ष दाहालले लेखेको राजनीतिक प्रतिवेदन, विधानलगायत विभिन्न प्रतिवेदन पेस हुनेछन्।

महाधिवेशनको बन्दसत्रमा १७ सय प्रतिनिधि रहेको माओवादी केन्द्रले जनाएको छ। राजनीतिकलगायत विभिन्न प्रतिवेदन पारितपछि बन्दसत्र माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ। ​

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनले पदाधिकारीसहित २९९ जनाभन्दा बढी नै सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। यसमा पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने तयारी छ।

सकेसम्म सहमतिबाट सहमति नजुटे निर्वाचनबाट नेतृत्व चयन गरिने उनको भनाइ छ। ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ।

केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला’, महराले भनेका छन्, ‘त्यसमा असहमत भएका साथीहरूले आफ्नो मत राख्न सक्नुहुन्छ। सहमति भयो भने निर्वाचनमा जाँदैन। सहमति भएन निर्वाचनबाटै नेतृत्व छानिन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *