दाहालको राजनीतिक प्रतिबेदनमा केपी ओली सामन्ती
Published: (Updated: )
by .काठमाडौ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक वर्षअघिसम्मका सहयात्री एमव् एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती दलालको संज्ञा दिएका छन्।
सोमबारदेखि जारी माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष तीन नेताबारे फरक टिप्पणी गरेका हुन्।
दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रसंशा गरेका छन्।
तर, दाहालले राजनीतिक प्रतिवेदनमा ओलीको तीव्र आलोचना गरेका छन्। उता आफूहरुहलाई शान्ति प्रक्रियामा ल्याउन निर्णायक भूमिका खेलेका पूर्वप्रधानमन्त्री कोइराला र तात्कालीन एमाले महासचिव नेपालको प्रशंसा गरेका हुन्।
उनले २०७५ जेठ ३ मा दुई दलबीच मिलेर बनेको नेकपामा ओली र आफ्नो समान हैसियता रहेको पनि उनले बताएका छन्।
महाधिवेशन नहुँदासम्म तत्कालीन नेकपाका दुई अध्यक्ष (ओली र दाहाल) ले समान हैसियत र आलोलोपालो प्रणालीमा बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व पनि समान अवधिका लागि आलोपालो गर्ने सहमति भएको थियोु, उनले भनेका छन्, राजनीति प्रतिवेदन विधान र संगठनको प्रतिवेदनले एकता प्रक्रियालाई सही सावित गरेको छ।
केपी ओलीको चरम व्यक्तिवादी र अहंकार, सहमतिविपरित निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता र मार्क्सवाद विरोधी सामन्ती दलाल पुँजीवाद र वैदेशिक शक्तिका सामू आत्मसमर्पण गर्ने चरीत्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो।
उनले पार्टीमा देखिएको अन्तरसंघर्षमा आफ्नो पराजय निश्चित देखिएपछि ओली गूटले संविधान नै खारेज गर्ने नियतका साथ संसद् विघटन गरेको पनि टिप्पणी गरेका छन्।
अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो। त्यस्तो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्ने र ओलीका गलत विचार, प्रवृति र कार्यशैली सच्याउन अन्तिम समयसम्म पनि पार्टीले प्रयास गरिरह्यो।
तर, ओली गुट झन् पछि झन् अनुशासनको खिल्ली उडाउँदै प्रतिगमतको यात्रामा अगाडि बढ्योु, उनले भनेका छन्, केन्द्रीय समितिको दुई तिहाइभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यबाट निस्कासित गर्यो।
संसदीय दलको बहुमतले उनलाई दलको नेताबाट पनि निष्कासित गर्यो। आधिकारिक र वैधानिक रुपले गरिएको त्यो निर्णयलाई तात्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजीर विपरित, अन्त्यमा सर्वोच्च अदालतको अस्वभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो। पार्टी एकतालाई असफल तुल्याइयो।
उनले आज पनि ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै बृहत् कम्युनिस्ट एकता कायम राख्ने बताएका छन्। हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ।
विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छु, उनले भनेका छन्।
Comments