विकास निर्माणका काममा महिलाहरुको सक्रियता, १० लाख बराबरको तटबन्धन निर्माण सम्पन्न
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित दूधे खोलाले कटान गरेको स्थानमा तटबन्धन गरिएको छ । वडा नं ११ पञ्चकन्या टोल पूर्व दूधे खोलाले कटान गरेको क्षेत्रमा २ सय मिटर तटबन्धन गरिएको हो ।
आर्थिक वर्ष २०७७ ÷७८ मा ११० मिटर र चालुवर्ष ९० मिटर तटबन्धन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोलाको कटान क्षेत्रमा ४ मिटर अग्लो डिल बनाई ढुंगा जाली लगाईको हो । तबन्धन १० लाख ८२ हजार ४ सय ८७ रुपैयाको लागतमा सम्पन्न भएको हो ।
जसमा शिवसताक्षी नगरपालिकाबाट विनियोजित ९ लाख ८४ हजार र स्थानीय उपभोक्ताबाट १ लाख ८४ हजार ४ सय ४७ रुपैयाका लागतबाट निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष पदम कुमारी दुलालले बताइन् ।
बर्षायाममा उर्लिएर आउने दुधे खोलाको भेलले स्थानीय ताराधिनी पौडेल, विमल खतिवडा महाप्रसाद खतिवडा, मुना खनाल लगायतको करिब तीन विगाह जमिन बगरमा परिणत गरेको थियो ।
शिवसताक्षी नगरपालिकाले खोला कटान नियन्त्रणका लागि प्रभावकरी रुपमा काम गरेको नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । उनले खोला कटानबाट बढी क्षति भएका र सम्भावित हुने क्षति रोक्न नगरपालिकाले ५ देखि ८ मिटर अग्लो ढुंगा जालीको स्पोर निर्माण गरी काम गरेको जानकारी दिए ।
सो क्षेत्र हाल ११० मिटर स्पोर निर्माण गर्न बाँकी रहेको स्थानीय तारानिधी पौडेल बताउँछन् । अब तत्कालन ११० मिटर स्पोर निर्माण गर्न सके दुधे खोला कटानबाट मुक्त हुने उनको भनाई छ ।
उक्त तटबन्ध सतासी निर्माण सेवाले सम्पन्न गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार बाँकी रहेको ११० मिटर क्षेत्र पनि स्पोर निर्माण गरिने छ । उनले भने, खोलाबाट अति पीडित भएका नागरिकको धनजनको रक्षाका लागि हामीले कुनै कसुर बाँकी नराखी काम गरेका छौ । स्पोर बनाउन बाँकी रहेका क्षेत्रमा पनि बजेटको व्यवस्था प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
यता हाल निर्माण भएको तटबन्धन महिला उपभोक्ता समितिले सम्पन्न गरेको हो । जसको अध्यक्षमा पदम कुमारी दुलाल, सचिवमा गीता नेपाल, कोषाध्यक्षमा मुना खनालगरी ११ सदस्य महिलाहरुको समितिले निर्माण सम्पन्न गरेको हो । जसको अनुगमन समितिमा कुशला खतिवडा, विनु खतिवडा, विष्णुमाया बजगाई गरेका छन् । प्राय जसो विकास निर्माणका काममा पुरुषहरु नै अग्रसर देखिए पनि शिवसताक्षी ११ मा भने महिलाहरुको समितिले १० लाख बराबरको तटबन्धन निर्माण सम्पन्न गरेर गाउँमा उदारणीय काम गरेका हुन् ।
Comments