Sajhamanch Archive

माओवादी महाधिबेशनमा अध्यक्ष दाहालका दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।

सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष दाहालले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।

महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ ।

समूह १
सहभागी :  जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ / ३
सहभागी: सल्लाहकारहरु
छलफलको स्थान :  प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी :  नन्दकुमार थापा

समूह ४ / ५
सहभागी : प्रदेश १ का प्रतिनिधि
छलफलको स्थान: भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ /७
सहभागी : प्रदेश २ का प्रतिनिधि
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी: गणेश साह

समूह ८ / ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान स्: सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी :  चक्रपाणी खनाल

समूह १०/ ११
सहभागी:  गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थान: पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी :  गायत्री गुरुङ

समूह १२
सहभागी ;  प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थान: केन्द्रीय कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ / १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थान:  एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी:  विमला केसी

समूह १५ / १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थान:  एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी :  खगराज भट्ट

समूह १७ / १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थान: क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी: मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० / २१
सहभागी :  सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थान :  क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी :  कृष्ण अधिकारी

समूह २२ / २३
सहभागी :  बागमति प्रदेशका प्रतिनिधि
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी: आयोगका सदस्य
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी :  विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी :  जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी :  अमृता थापामगर

केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने बताइएको‍ छ। सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *