Sajhamanch Archive

धनगढी आउँदै गरेको जीपबाट १६ किलो चरेस बरामद, दुई जना पक्राउ

Published: (Updated: ) in प्रदेश तह, समाज, by .

धनगढी। बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ।

कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक बझाङको बुङ्गल नगरपालिका-११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेससहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *