Sajhamanch Archive

सरकारले ३ बुँदे सहमति पालना नगरेर शान्ति भंग : नेता विश्वकर्मा

Published: in प्रदेश तह, राजनीति, by .

सुर्खेत-  नेत्रविक्रम चन्द ’नेतृत्वको नेकपाका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा‘ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न खोजेको आरोप लगाएका छन्।

सुर्खेतमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै विश्वकर्माले केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरे पनि पाँच महिनासम्म कार्यान्वयन नै नगरेको बताएका छन्।

‘हामीले सहमति गर्‍यौं, राज्यले बन्दी रिहा र मुद्दा फिर्ता लिएन। ओलीजीले पाँचरछ महिनासम्म रिहा गर्नु भएन। हाम्रा नेता कार्यकर्ताका २१/२२ सय झुटा मुद्दा खारेज गर्नु भएन।

बन्दी छोड्दै छोड्नु भएन,’ विश्वकर्माले भने, ‘एमसीसीको पक्षरविपक्षमा उभिने कुराले यो गबठनधन निर्धारण हुने देखिन्छ। यो सरकार कति दिन टिक्छ थाहा छैन। तीन बुँदे सहमति पालना नगरेर देउवा सरकारले शान्ति भंग गर्न खोजेको छ।’

आफूहरु तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउन खोजे पनि सरकारबाट धोका भएको उनको जिकिर छ। ‘पहिला ओलीजीले शान्ति भंग गर्ने दिशातिर जानुभयो।

त्यसअनुसार आफ्ना गतिविधि गर्नुभयो। देउवा सरकार त्यो भन्दा पृथक हुन सकेको छैन,’ उनले भने, ‘यसले तीन बुँदे सहमति उल्लंघन गर्दै छ भन्ने देखाएको छ। अन्तिममा सत्तापक्ष प्रतिपक्षसँग कुरा गर्छौं। सहमति लागू भएन भने छँदै छ संघर्ष।’

शान्ति भंग भएमा आफूहरुलाई भन्दा राज्यलाई सबैभन्दा धेरै क्षति हुने चेतावनीसमेत विश्वकर्माले दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *