Sajhamanch Archive

बि एण्ड सीले असोज ७ गतेदेखि निशुल्क ओपिडी सेवा दिने

Published: in स्वास्थ्य by .

बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले आगामी असोज ७ गतेदेखि १९ गतेसम्म निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले त्यहाँ कार्यरत कन्सल्टेन्ट चिकित्सकहरुबाट सर्वसाधारणले सहजै र निशुल्क परामर्श पाउन् तथा कम्तीमा ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरुन् भन्ने उद्देश्यले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागिएको कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

नेपालीहरुका महान पर्वहरु दशैं, तिहार तथा छठको अवसरमा आयोजना गरिएको निशुल्क ओपिडी सेवामा रजिष्टर भएका बिरामीहरुले १५ दिन थप उपचार सेवा पाउने बताइएको छ ।

चिकित्सकहरुको निशुल्क परामर्श पछि विभिन्न समस्याहरु देखिएमा ल्याव परीक्षणमा पनि छुट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार प्याथोलोजीमा १५ प्रतिशत तथा भिडिओ एक्स–रे, सिटी स्क्यान र एमआरआईमा १० प्रतिशत छुट दिइने डेपुटी मेडिकल डाइरेक्टर डा. पराजुलीले बताए ।

डा. पराजुलीका अनुसार ल्याप्रोस्कोपिक प्रविधिमार्फत् पित्तथैलीको शल्यक्रिया अब ३६ हजार रुपैयाँमा नै गरिने भएको छ । विशेष प्याकेज बनाएर हर्निया तथा हाइड्रोसिलको शल्यक्रिया लगायतको व्यवस्था मिलाइएको पनि डा. पराजुलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *