कमल गाउँपालिका ४ नं.वडाद्वारा वाल विवाह मुक्त वडा घोषणा अभियानलाई तिव्रता
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वाल विवाह मुक्त वडमा रुपमा घोषणा गर्ने अभियानलाई तिव्रता दिएको छ ।
आफ्नो वडाका कुनैपनि वालवालिकाले २० वर्ष भन्दा कम उमेरमा विवाह नगरुन् भन्ने उद्देश्यले वडामा भएका प्रत्येक टोलमा पुगेर टोल वासिलाई वाल विवाह भुक्त टोल घोषणा र प्रतिवद्धता गराउने अभियान थालेको हो ।
गाउँपालिकाले आगामी फागुन मसान्त भित्रमा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्दै छ । त्यसलाई सफ बनाउन वडा नम्वर ४ ले वडामा भएका सबै टोलमा वाल क्लव गठन गरेर परिचालन भैरहेको छ । वाल विवाह भुक्त टोल घोषणा अभियानलाई तिव्रता दिदै छौ भने आफ्नो वडालाई सबै भन्दा पहिले वाल मैत्री वडा घोषणा गर्न लागिपरेको कमल गाउँपालिका वडा नम्वर ४ का सचिव पर्शुराम तिम्सिना ले जानकारी दिए ।
“खुशी राखँ बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ अभियान सफल बनाउन वालवालिकाको सहभागिता महत्वोपुर्ण हुन्छ । यसका लागी वडामा भएका १३ वटै टोलमा वालक्लव गठन गरेर अभियानलाई तिव्रता दिईरहेको कमल गाउँपालिका वडा नम्वर ४ का सहजकर्ता आशिस निरौला बताए ।
नेपाल सरकारले वालअधिकारको अन्तराष्ट्रिय महासंन्धिमा पक्षराष्ट्रको रुपमा हस्ताक्षण गरेको र वालअधिकारका क्षेत्रमा थुप्रै कार्यक्रम गरेपनि प्रभावकारी हुन सकेन । पछिल्लो समय स्थानिय सरकारलाई आफै निती भनाएर कार्यन्वयन गर्न अधिकार दिएसँगै यो अभियान कमल गाउँपालिका पनि सुरु भएको हो । अभियान सफल बनाउने सुचक मध्ये वाल विवाह महत्वपुर्ण सुचक भएको वालअधिकार कर्मि सुमन ढकाल बताए ।
वाल विवाह मुक्त टोल घोषण अभियान अन्तरगत अहिले सम्ममा वडा नम्वर ४ मा भएका १३ वटा टोल मध्ये सरस्वती , पशुपति, शान्तिपुर पाथिभरा र जोगिचौन टोलमा टोल वासी तर्फबाट वाल विवाह मुक्त टोल घोषणा प्रतिवद्धता जनाई सकेको छ भने बाँकी टोलमा समेत एक हप्ता भित्रमा अभियान सन्चालन गरिने वडा कार्यलयले जनाईको छ ।
त्यसैगरी वडा नम्वर ३ ले समेत अभियान सफल बनाउनकालागी वडामा भएका टोल समितीका पदाधिकारी संग छलफल तथा अन्तरकृया गरेको छ । भने आगामी पुस १८ गते आईतवार बाट प्रत्येक टोलमा पुगेर टोल बासी संग अन्तकृया गरिने वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिए
।
त्यसैगरी वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तह घोषणा अभियानलाई सफल बनाउन लागी बालबचावटका १४, बाल संरक्षण सम्बन्धि १०, बाल विकास का ६ बाल सहभागिता ६ संस्थागत सुचक १५ वटा गरि जम्मा ५१ वटा सुचक पुरा गर्नु पर्ने हुन्छ ।
गाउँपालिकालाई आगामी फागुन मसान्त सम्ममा वाल मैत्री घोषणा गर्नेगरी कार्यक्रम सन्चालन भै रहेको छ ।सबैभन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायीक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रो हुने विध्यालयलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने समेत गाउँपालिकाले जनाएको छ ।
Comments