शुक्रबारबाट सुरुङ्गामा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
Published: (Updated: )
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविको खेल मैदानमा शुक्रबारबाट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
टिभियस प्रथम अन्तर प्रदेश स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता नाम दिइएको सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विहीबार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था कनकाई सचेत युवा क्लव र ह्वाईट वास क्रिकेट क्लव कनकाईले जानकारी दिइएको छ ।
यस अघि भदौ ३० गतेदेखि नै सो प्रतियोगिता हुने भनिए पनि बर्षातका कारण समयमा प्रतियोगिता गर्न नसकिएको मिडिया संयोजक लिलाराज झापालीले बताए । यस पटकभने जस्तोसुक्कै मौषम भएपनि प्रतियोगिता नरोकिने खेल संयोजक तथा ह्वाइट वास क्रिकेट क्लवका सचिव प्रदिप गजमेरले बताए । प्रतियोगितामा सहभागी हुन देशका विभिन्न स्थानबाट खेलाडीहरु आउन सुरु भएको छ भने खेलाडीहरुलाई सुरुङ्गाकै होटल हायत तथा अन्य होटलमा राखिने प्रवन्ध मिलाइएको आयोजक समितिका सल्लाहकार हरि कार्कीले जानकारी दिए ।
प्रतियोगितामा आयोजक ह्वाइट वास क्रिकेट क्लव सहित अन्य लालि गुरास क्रिकेट क्लव , मकवानपुर क्रिकेट क्लव , युथ क्रिकेट क्लव राजविराज, युनाइटेड क्रिकेट क्लव विर्तामोड , वाइआर सिसि क्लव विराटनगर , उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट क्लव भैरहवाको सहभागिता रहने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए ।
प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद ५१ हजार र ३१ हजार तथा ट्रफी पाउने छ भने हरेक दिनको म्यान अफ दी म्याचले नगद २ हजार र प्रतियोगिताकै सर्वोकृष्ट ब्याटम्यान, विकेटकिपर, वलर र सर्वोकृत खेलाडीले नगद ५ हजारका दरले पुरस्कार पाउन छन् । प्रतियोगिताको प्रथम पुरस्कार टिभियस मोटर साइकल र द्वितीय पुरस्कार रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानले प्रदान गर्ने छ । प्रतियोगितामा आयोजक टिमबाट समेत केही अन्तराष्ट्रिय खेलाडीलाई अनुबन्ध गरिएको छ ।
प्रतियोगिताको प्रमुख सहयोगी संस्थामा कनकाई नगरपालिका र हाल अष्ट्रेलियामा रहेका कनकाई नगरपालिकाका खेलप्रेमी युवा हिमाल प्रसाईले नगद ४० हजार सहयोग गरेका छन भने हरेक दिनको म्यान अफ दी म्याच सुरुङ्गा रेडक्रसका अध्यक्ष प्रविन तिम्सिनाले प्रदान छन । प्रतियोगिता संचालन गर्न कुल ६ लाख रुपैँयाको अनुमान गरिएको छ ।
Comments