Sajhamanch Archive

रामचन्द्र पौडेलसहित १० जना कांँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत् उक्त जानकारी दिएका हुन्। कांँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *