कर्णाली सहकारीको दमक लखनपुर इकाई साधारणसभा सम्पन्न
Published: (Updated: )
by .दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको क्रममा आज दमकमा कार्यक्रम सम्पन्न गरेको छ ।
झापा, मोरङ र ईलामा जिल्ला गरि ३६ वटा सेवा केन्द्र अन्तर्गत ४५ हजार सेयर सदस्य रहेको कर्णालीले ईकाईगत साधारण सभा गर्ने क्रममा लखनपुर र दमक सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीका अधिक्रित मनोहरी निरौलाले दिए ।
कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दमक क्याम्पस सञ्चालक समिति सदस्य ढुण्डीराज भण्डारी, उद्योग बाणीज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, कर्णाली सहकारी दमक सेवा केन्द्र सम्योजक शेरबहादुर भट्टराई लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट वचत कर्ता प्रकाश पौडेल, सिता देवी दुलाल पठक, कुमारी बस्नेत र प्रमिला राई, उत्कृष्ट ऋणी तर्पm बिमल शर्मा, बुद्धिचन्द्र ओली, कृष्ण कुमार सापकोटा र दिलकुमारी राई, उत्कृष्ट कारोबारीमा सनमायाँ आङबोहाङ्ग, डेन्जोङ सेर्पा र भुपेन्द्र घिमिरे उद्यमी सदस्यमा उषा श्रेष्ठ, लक्ष्मी प्रसाद लिम्बु र टिकाकुमारी राईलाई सम्मान गरेको कर्णाली सहकारीका प्रमुख कार्यकारी अधिक्रित कुमार याक्सोले जानकारी दिए ।
त्यसैगरी सारिरिक रुपमा असक्त कल्पना राईलाई समेत सम्मा गरिएको थियो ।आजको ईकाई साधारण सभाबाट आगामी पुश २५ गते बिर्तामोडमा हुने साधारण सभाको लागी तिन जना प्रतिनिधि समेत छनौट गरिएको सहकारीका सचिव भुपाल बस्नेतले जानकारी दिए ।
Comments