माओवादी केन्द्रको महाधिवेशनले स्थगित भयाे प्रतिनिधिसभाको बैठक
Published: (Updated: )
by .काठमाडौ, आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित भएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको थियो ।
बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकअगाडि बोलाइएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आइरहेको छ ।
Comments