अतिरिक्त शुल्क लिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला
Published:
by .काठमाडौ, काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा ४० लाखसम्म शुल्क लिन पाइने व्यवस्था गरेको छ । निर्धारित शुल्कभन्दा करिब २० लाख अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु निरन्तरविरोधमा छन् ।
आइतबार विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले भक्तपुरको दुवाकोटमा रहेको कलेज भवनमा तालाबन्दी गरेका हुन्।
Comments