Sajhamanch Archive

शहिद धर्मभक्तमा नव निर्वाचित समितिको पदभार ग्रहण

Published: in विविधा by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयका नव निर्वाचित समितिले आज पदभार ग्रहण गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिकालागी गत मंसिर १४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरु मध्येबाट अध्यक्षमा लेखनाथ खतिवडा, सदस्य कुमार ढुङ्गेल, निर्मला बजगाई, विमला राई मनोनित सदस्य शिव शंकर न्यौपाने र ममता गुरुङ्ग तथा पदेन सदस्यमा वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,शिक्षक प्रतिनिधी टेकराज तिम्सिना र सदस्य सचिव काजीमान पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछी आईतवार बसेको व्यवस्थापन समिति, शिक्षक स्टाफ, विद्यालयका कर्मचारीको पहिलो बैठकले विद्यालयको शैक्षिक तथा भौतिक सुधारकालागी वार्षिक योजना बनाई अगाडी बड्ने निर्णण गरेको शिक्षक प्रतिनिधी टेकराज तिम्सिनाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *