Sajhamanch Archive

सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन

Published: in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गरेका छन् ।

स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिए । उनले कोरोनाको पहिलो र दोस्रो लहर भएको तयारीबारे पनि जानकारी लिएका थिए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो लहरमा क्वारेन्टाईनलाई प्राथमिकतामा राखेर काम गरिएको र दोस्रा लहरमा होम क्वारेन्टाईनलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले होमक्वारेन्टनका कारण संक्रण फैलिएको पनि अवगत गराउँदै निमित्त प्रमुख तुम्वापोले संस्थागत क्वारेन्टाईन, आईसोलेसनलाई जोड दिए । स्वास्थ्य कार्यालयका लागि आवश्यक वजेट विनियोजन नभएको उनको भनाई थियो ।

मन्त्री यादवले आजै जिल्ला अस्पताल पाँचथरको पनि अनुगनम गरेका थिए । उनले अस्पतालको सवै वार्डको अनुगमन गरेका मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पताल अनुगमनका क्रममा अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापाले १५ वेड क्षमताको अस्पतालले ४० वेड सञ्चालन गरेको छ । ५० वेडका लागि स्वीकृतिको माग समेत गरिएको छ । उनले संघीय सरकारबाट प्राप्त भएको ४ वटा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति अभाव भएकाले सो को व्यवस्था गरिदिन आग्रह समेत गरेका थिए ।

मन्त्री यादवले आफुले स्वास्थ्य कार्यालय र अस्पतालका लागि गर्न सक्ने सम्म काम गर्ने बताउँदै सेवाग्राहीबाट गुनासो नआउनेगरि सेवा प्रवाह गर्न पनि निर्देशन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *