Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले मिलाए भागबण्डा, एमालेका ८ सिटमा पनि मिलेर लड्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले भागवण्डाको टुंगो लगाएको हो।

पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा छ त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको छ।

सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको छ।

प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांँग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक/एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति पनि गरेका छन्।

उता प्रमुख प्रतिपक्षी एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिइसकेको छ। एमालेले कर्णालीका उम्मेदवारको टुंगो गरिसकेको छ।

राष्ट्रियसभामा एक मनोनीतसहित ४ वर्षे कार्यकाल पूरा गरेका २० जनाको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ।

राष्ट्रियसभा निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ। राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *