Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । १९ पदमा मनोनयन दर्ता हुने भएको हो । प्रदेश राजधानीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

सत्ता नेतृत्व दल नेपाली कांग्रेस, सत्तासीनमध्यकै दल नेकपा (एकीकृत समाजवादी) र प्रमुख विपक्षी दल नेकपा एमालेले उम्मेदवार टुंगो लगाएका छन् ।

सत्तामै रहेको दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । मंगलबार बिहान १० बजेभन्दा अगाडि यी दलहरूले पनि उम्मेदवार टुंगो लगाउने भएका छन् ।

उम्मेदवार छनोट गर्दा राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुनअनुसार अन्य, महिला, अल्पसंख्यक समुदाय वा अपाङ्गता भएका व्यक्ति र दलित समुदायलाई ध्यान दिनुपर्छ ।

तर, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले भने एकजना पनि दलित समुदायबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।

एमालेले भने १९ जनामा तीनजना दलित समुदायबाट उम्मेदवार बनाएको छ । यस्तै, सत्तासीन पाँच दलले १९ जना राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटमा सोमबार भागबण्डा गरेको थियो ।

भागबण्डाको क्रममा कांग्रेसलाई ६, माओवादी र नेकपा ९एकीकृत समाजवादी० लाई ५र५, जनता समाजवादीलाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट परेको थियो ।

निर्वाचनमा मतदाता २ हजार २५ जना छन् । मतदाताहरू स्थानीय तहका प्रमुखर उपप्रमुख र अध्यक्षरउपाध्यक्षसहित प्रदेश सांसद हुन् । निर्वाचन १२ माघमा हुने भएको छ ।

२०७४ को फागुनमा चार बर्से कार्यकालका लागि निर्वाचित २० जना सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । उनीहरूको ठाउँमा निर्वाचन हुन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *