Sajhamanch Archive

प्रधानमन्त्री देउवा धरान जाने भएपछि, उपमहानगरले दियो सार्वजनिक बिदा

Published: in प्रदेश तह, शिक्षा, समाज, by .

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जाने भएका छन् । ‘धरान डे’ मा सहभागी हुन उनी बिहान १० बजे हेलिकोप्टरमार्फत धरान जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कुलमा हुने कार्यक्रम सहभागी हुनेछन् ।

दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । साथै, देउवाले कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसबाहेक उनले धरान–६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान–१२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *