Sajhamanch Archive

राष्ट्रियसभाको निर्वाचन देखाएर कांँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो, माघ १५ गते हुने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं- सत्तारुढ नेपाली कांँग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुनस् सारेको छ।

आगामी पुस २७ गते जिल्ला अधिवेशन गर्ने यसअघि निर्णय गरेको कांँग्रेसले १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो।

कांँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले माघ १२ गते देशका सातवटै प्रदेशमा राष्ट्रियसभा सदस्यको १९ पदका लागि चुनाव हुन गइरहेकाले १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबारका दिन गर्ने निर्णय भएको सचिव केशव रिजालले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *