बुढाथोकी गरे अक्षयकोषमा २० हजार रुपैयाँ आर्थिक सहयोग
Published:
by .विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा झापा अर्जुनधारा–८ निवासी राजनीतिक एवम सामाजिक ब्यक्तित्व भरत बुढाथोकीले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
अर्जुनधारामा आयोजित संक्षिप्त कार्यक्रममा युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, संस्थापक सदस्य दिपक ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, रेजिना गौतमलाई बुढाथोकीले उक्त रकम हस्तान्तरण गरेका हुन ।
। कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका उपसभापति चतुरर्भुज काफ्ले, कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै बुढाथोकीले पत्रकारहरुले निष्पक्ष भएर सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि कलम चलाउन आग्रह समेत गरे। लोकतन्त्रवादी पत्रकारहरुको संस्था प्रेस युनियनमा आबद्ध पत्रकारले लोकतन्त्र संस्थागत विकास र सुशासनका लागि निडर भएर सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष हुमागाईले अक्षयकोषको ब्याज प्रेस युनियनका संस्थागत गतिविधि सञ्चालन एवं पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि खर्चने बताउँदै सहयोगका लागि आह्वान गरे ।
युनियनका सभापति इन्दु पूर्वेलीले अक्षयकोष सञ्चालन कार्यविधि पारित गरेर एकमहिना अघिदेखि अक्षयकोष स्थापना अभियान थालिएको जानकारी दिदै अभियानमा सबै लोकतन्त्रवादीहरुको सहयोगको अपेक्षा गरिएको बताए ।
प्रेस युनियनले संस्थाका गतिविधि सञ्चालन एवं पत्रकारहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य उपचार लगायतका सर्वाङ्गीण लक्ष राखेर अक्षयकोषको सुरुवात गरेको हो ।
Comments