तेलको भाउ बढेपछि काजकस्तानका प्रधानमन्त्रीले दिए राजीनामा
Published:
by .काठमाडौं ।काजकस्तानका प्रधानमन्त्री अस्कार मामिनले मुलुकमा तेलको भाउ बढेपछि भएको ठूलो प्रदर्शनपछि राजीनामा दिएका छन् ।
मध्य एसियाको यो मुलुकमा ग्यासको भाउ बढेसँगै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति कासिम जोमार्टले उपप्रधानमन्त्री अलिखान समाइलोभलाई अन्तरिम प्रधानमन्त्री बनाएका छन् ।
तेलको भण्डार रहेको काजकस्तानमा सरकारले मंगलबार तेलको भाउ बढाउने निणर्य गरेको थियो । इन्धनको भाउ बढेसँगै सुरु भएको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले केही क्षेत्रमा दुई साताको लागि आपतकालको घोषणा गरेको छ ।
काजकस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा प्रदर्शनकारीको समूहले गाडीहरुमा आगजनी गरेको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । बुधबार राष्ट्रपतिले प्रधानमन्त्रीले मुलुकमा बढ्दो अशान्तिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीको राजीनामा स्वीकार गरेको बताएका छन् ।
Comments