पूर्वमुख्यमन्त्री राईले फिर्ता गरेनन गाडी
Published:
by .विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गाडी प्रयोग गरिरहेका छन्। प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीहरुका लागि कुनै पनि सुविधाको निर्णय गरेको छैन्।
तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्।
तात्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट बर्खास्त गरी राईले मन्त्रालयको गाडी मुख्यमन्त्रीको काठमाण्डौं स्थित सम्पर्क कार्यालयमा लगेका थिए। काठमाण्डौंमा रहेको सम्पर्क कार्यालय भीम आचार्य नेतृत्वको सरकारले हटाउने निर्णय गरेको थियो।
सम्पर्क कार्यालयका फर्निचर लगायतका सामाग्री मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगर ल्याएपनि गाडी भने काठमाण्डौंमै रहेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पूर्वमुख्यमन्त्री राईले गाडी चाडै फिर्ता गर्ने भने पनि फिर्ता नगरेको बताए।
उनले भने,‘ गाडी चाँडै फिर्ता आउने छ।’ पूर्वमुख्यमन्त्री राईले प्रदेश सरकारले औपचारिक रुपमा गाडी फिर्ता नमागी मिडियामा प्रचारवाजी गरेको बताए।
उनले भने, सरकारले गाडी लिए भईहाल्यो नी किन प्रचारवाजी गर्नु।’ आर्थिक मामिला तथा योजना मन्त्रालयले राईले चढिरहेको निशान कम्पनीको टेरान गाडी ८० लाख हाराहारी बजेट खर्चेर तीन वर्षअगाडि खरिद गरेको थियो।
Comments