यसवर्ष हुम्लामा तेस्रो पटक हिमपात
Published:
by .हुम्ला, यसवर्ष हुम्ला जिल्लामा तेस्रो पटक हिमपात भएको छ । बुधवार बेलुकाबाट आकाश खुले पनि बिहीबार बिहानबाट हिमपात भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बिहानैबाट जिल्लाभर हिमपात भएको बताए । उनले बिहीबार दिउँसोसम्म आधा फिट हिउँ जमेको बताए ।
हिमपात भइरहेको कारण चिसो निक्कै बढेको बताउँदै उनले जनजीवन भने प्रभावित भएको जानकारी दिए । हिउँसो तापक्रम माइनसम्म झरेको छ ।
हिमपातका कारण कार्यालयमा आउने सेवाग्राहीको संख्या पनि निक्कै कम उपस्थित देखिएको छ । त्यसैगरी हिमपात भइरहेको कारण एक गाउँबाट अर्को गाउँमा जान पनि नसक्ने अवस्था आएको छ ।
यता,उत्तरी नाम्खा गाउँपालिकामा लिमी, चाला, यारी, मुचु, लेकधिंगा लगाएका स्थानमा दुई फिट भन्दा बढी हिउँ जमेको छ । त्यसैगरी नाम्खाकै लिमी र हिल्स नाकामा पनि आवतजावत बन्द भएको छ ।
ती स्थानमा आवतजावत गर्ने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा तीन फिट भन्दा बढी हिउँ जमेको प्रहरीले जनाएको छ । सदरमुकाम सिमकोटमा हिमपात हुँदै ।
Comments