एस.पी भट्टराई द्वारा प्रहरी चौकी केर्खाको भवन उद्घाटन
Published:
by .कमल । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरी चौकी केर्खाको पुन निर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
स्थानिय वासीकातर्फ बाट २०६५ सालमा टिनको छाना र बाँसको टाटीबाट निर्माण गरिएकोे भवनलाई कमल गाउँपालिका ३ निवासी सर्वन ठाकुर र उहाँको परिवारले भवनको पुनः निर्माण गरिदिएका हुन् । ठकुरले स्वर्गिय बुबा जोगिन्द्र ठाकुर र ससुरा बुवा स्वर्गिय कृष्ण बहादुर चेम्जुङ्गको स्मृतिमा ४ लाख ११ हजार १११ रुपैयाको लागतमा भवनको पुन निर्माण गरिएको हो ।
स्थानीय बासीको सहयोग विना प्रहरीले मात्र शान्ति सुरक्षा गर्न नसकिने झापाका प्रमुख प्रहरी उपरिक्षक सानराम भट्टराईले बताए । उनले भौतिक पूर्वाधारका लागि स्थानीय बासीले गरेको सहयोग अतुलनिय रहेको बताउँदै समुदायबाट सकारातमक सोच राखेर प्रहरीलाई मजबुत बनाउन गरिएको सहयोगले थप हौसाला मिलेको बताए ।
२०५२ सालमा पहिलो पटक केर्खामा चौकी स्थापना भएको भएपनि प्रहरीलाई काहाँ राख्ने भन्ने विषयमा ठुलो चुनौति थियो । त्यसबेला जग्गा दाताले जग्गा दिएपनि प्रहरी चौकीको नाममा कतै दर्ता भएको भेटिएन । चुनौतीको सामना गर्दै यस ठाउँमा स्थानियको सहयोगमा चौकी स्थापना गरिएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
कार्यक्रममा प्यावसन झपाका अध्यक्ष गोरिमान फागोले चौकी स्थापना कालदेखी हाल सम्मको अवस्थाका बारेमा स्थानिय बासीका तर्फबाट गरिएको सहयोगका बारेमा जनाकारी गराएका थिए । वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगालले भवन अभावका कारण प्रहरीलाई काम गर्न निकै समस्या रहेको भन्दै नयाँ भवन निर्माण भएपनि प्रहरीलाई काम गर्न सहज हुने विश्वास गरेको बताए ।
भवन पुन निर्माण समितीका अध्यक्ष प्रविण राईको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्की स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बद्रीराम राईले गरेका थिए ।
भवन उद्घाटनका कार्यक्रमको अवसरमा भवन निर्माण समिती तथा निर्माणमा सहयोग गर्ने ठाकुर तथा चेम्जुङ्ग परिवारलाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने चौकी ईन्चार्ज राजेस कुमार श्रेष्ठले चौकीमा रहेर उत्कृष्ट कार्य गरेवापत नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
Comments