Sajhamanch Archive

नगरपालिकाको सहयोगमा शिवसताक्षीका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकलाई जाडोमा सिरक वितरण गरेको छ ।

ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका ८५ वर्ष माथिका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो । ज्येष्ठ नागरिक नगर समितिको आयोजनामा नगरपालिकाको ५ लाख आर्थिक सहयोगले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको ज्येष्ठ नागरिक नगर समितिले जनाएको छ ।

गएको पौष ७ गते शिवसताक्षीको वडा नं ३ बाट सुरु गरिएको सिरक वितरण कार्यक्रको आज शिवसताक्षी ११ स्थित ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रमका बीच समापन गरिएको ज्येष्ठ नगरिक नगर समितिका सचिव नरपति पाठकले जानकारी दिए ।

समापन कार्यक्रम बोल्दै नगर प्रमुख चन्द्रकुमार सेर्माले ज्येष्ठ माता पिता भगवानका रुप भएकाले ज्येष्ठ नागरिकको दुःख सुखमा साथ दिनु नगरको कतव्र्य भएको बताए । ज्येष्ठ नागरिकसँग सीप, ज्ञान र संस्कृतिको भण्डार भएकाले पछिल्लो पुस्ताले ज्येष्ठल नागरिकसँग सस्कृति र संस्कार सिक्दै जानु पर्ने उनको भनाई थियो ।

नगरपािलकालको सहयोगमा ज्येष्ठ नागरिकका माता पिताका लागि नगरका विभिन्न वडाहरुमा ज्येष्ठ नागरिकर चौतारी निर्माण गरिएको ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष पदमप्रसाद दाहालले जानकारी दिए ।

समापन कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । ज्येष्ठ नागरिक वडा कार्यसमितिको व्यवस्थापनमा नगरका प्रत्येक वडाहरुमा कार्यक्रम सञ्चालन गरी सिरक वितरण गरिएको बताइएको छ । ज्येष्ठ नगरिक वडा नं. ११ का अध्यक्ष सेरबहादुर तामाङ्गको अध्यक्षमा भएको कार्यक्रमको स्वागत मित्र थापाले गरेका थिए भने सचिव नरपति पाठकले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *