सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधि निधी सेकेन्डरीलाई
Published:
by .
बिर्तामोड । सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधि निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छिन् ।
शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधी जितेकी हुन् । यस्तै प्रतियोगिताको दास्रो र तेस्रो उपाधि न्युटनस एजुकेसन एकेडेमी बिर्तामोडकी छात्रा सिम्रीका बोहोरा र पशुपति बोडिङ्ग स्कुल उर्लावारीका छात्र टेरिज भण्डारीले जितेका छन् ।
विजेताहरु पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश तीस हजार,पन्ध्र हजार, दश हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै प्रतियोगिताको सान्तवना स्थान ओगट्न सफल एन्जिला खड्का र एन्जिला बस्नेतले नगद पाँच–पाँच हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यावहाक अध्यक्ष हरिप्रसाद निरौला र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका छन् । प्रतियोगिताको निर्णायकमा पत्रकार उमाकान्त खनाल, मेची बहुमुखी क्याम्पस भद्रपुरका एशोसीएट प्रोफेसर शिरोसान्दाई खतिवडा र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए ।
सूर्याेदय स्पिच कन्टेस्ट सूर्योदय टेलिभिजनले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय यस वक्तृत्व प्रतियोगितामा यस वर्ष इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट एक सय जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । सूर्याेदय स्पिच कन्टेस्टलाई यस वर्ष सहारा नेपाल साकोसले मुख्य प्रायोजन गरेको थियो ।
Comments