ओमिक्रोन बढ्न थालेपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
Published:
by .काठमाडौं, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
विज्ञप्तीमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन उल्लेख गरेको छ ।
मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ । पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमूनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिइन् ।
एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ। नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ ।
२४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ३१ ह्जार ५२ जनामा कोारेना पृष्टि भएको छ ।
जसमध्ये आठ लाख १३ हजार ७०९ जना संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।
मन्त्रालयको तथ्याङक अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । जसमध्ये पाँच हजार २८६ जना होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आईसोलेसनमा ४५५ जना रहको मन्त्रालयले तथयांकमा उल्लेख गरिएको छ। त्यस्तै मन्त्रालयका अनुसार संक्रिय संक्रमित मध्ये आइसियुमा ८१ जना र १५ जना भेन्टिलेटर मा उपचारत रहेका छन् ।
Comments