Sajhamanch Archive

शिबसताक्षीका कुखुरा पालक किसानलाई एक दिने कार्यशाला गोष्टी

Published: in विविधा, समाज by .

शिबसताक्षी । झापाको शिबसताक्षीका कुखुरा पालक किसानहरुलाई भेट्र्स एण्ड पोल्ट्री सप्लायर्सले शनिबार एक दिने कार्यशाला गोष्टी गराएको छ ।

स्टार फिड्स ए्न्डस्ट्रिज प्रालिको प्रायोजनमा आयोजना भएको कार्याशला गोष्टीमा शिबसताक्षी नगरका ४० जना किसानहरुको सहभगिता रहेको थियो । पछिल्लो समय कुखुरा पालन ब्यबसाय बिभिन्न कारणले गर्दा खस्किदो अवस्थामा रहेकोले कसरी धेरै भन्दा धेरै मुनाफा आर्जन गर्न सकिन्छ भन्ने उदेश्यले किशानहरुलाई सचेताना गराउन यस कार्यक्रमको आयोजना गरिएको भेट्स एण्ड सप्लायर्सका संचालक प्रकाश कार्कीले बताए ।

उनका अनुसार बजारमा कुखुराको मासु र अण्डाको माग अत्यान्तै भएकोले हाल अन्ययत्र बजारबाट आयत गर्नु परेको अवस्था छ । यस नगरमा पनि कुखुरा पालक किसानहरु धेरै भए पनि तालिम र अज्ञानताको कारणले गर्द ब्यबसाय फसटाउन नसकेको बताए । किसान हरुलाई स्थानीय सरकारले समय समयमा कुखुरा तथा पशुपालन सम्बन्धी गोष्टी तथा तालीमहरु दिन आवश्यक रहेको सहभागीहरुले बताए ।

सो अवसरमा नयाँ किसानलाई पनि कसरी ब्यबसायलाई उन्नत र उत्पादन मुलक संगै छोटो समयमा राम्रो मुनाफा अर्जन गर्न सकिन्छ भन्ने बिषयमा पनि जानकारी गराइएको थियो । तालीमको सहजी करण डक्टर कमाल गिरीले गरेका थिए भकार्यक्रमको औचित्य माथी प्रकाश सागर तिमिलसिनाले गरेका थिए । कार्यक्रममा किसान प्यालेट फिड्सका मार्केटिङ म्यनेजर कृष्ण भक्त निरौलाले का्ुखुराको आहार बिहारको बिषयमा जनाकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *