झर्यो हुम्लाको तापक्रम माइनस १२ मा
Published:
by .सिमिकोट- लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ। शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन्।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्।’
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। हिमपातका कारण हुम्लाको जनजीवन निकै कष्टकर बनेको छ।
Comments