Sajhamanch Archive

ओलीे बग्गी चढेर पुगे वाटर किङडम पार्क उद्घाटन गर्न

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

झापा, नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले गृहजिल्ला झापामा व्यस्त छन्।

उनी झापा पुगेर विभिन्न संरचना उद्घाटनदेखि भेटघाटमा लागिरहेका छन्। उनले आइतवार भद्रपुर पुगेर नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गरे।

त्यसपछि उनले झापाकै झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन्। उनी त्यसक्रममा बग्गी चढेर उक्त पार्कमा पुगे।

ओलीलाई झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट वाटर किङ्डमसम्म पुर्‍याउन आयोजक राजकुमार संग्रौलासहितले बग्गी प्रयोग गरेका थिए।

यो वाटर किङ्डम मुख्य राजमार्गबाट करिब ५ सय मिटर भित्र रहेको छ। त्यसक्रममा ओलीको स्वागतमा विभिन्न बाजा, जातजातिका झाँकी र नाचगान पनि गरिएको थियो।

५० करोडमा तयार भएको पार्क कोरोना महामारीका कारण २ वर्षदेखि उद्घाटन नभइ रोकिएको थियो।

तस्बिरहरु : राजन काफ्ले

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *