Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। यही माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

१२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचनका लागि ४३ जना उम्मेदवार मैदानमा छन्। साथै निर्वाचन आयोगले निर्वाचन अवधिभर आचारसंहिता पालना नभए कारबाही गरिने चेतावनी दिएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गरिनुपर्ने पनि बताएको छ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ। साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचारसंहिता लागू हुनेछ। राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *