आगामी निर्वाचनमा कांँग्रेसले बहुमत ल्याउँछ : महामन्त्री शर्मा
Published: (Updated: )
by .काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा कांँग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्।
नेपाली कांँग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा कांँग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरेका हुन्।
कांँग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए।
विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भने, ‘एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढंगले बदल्न सक्दैन तसर्थ यो बेला संकल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नैपर्छ।’
कांँग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै उनले एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांँग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको बताए।
Comments