प्रधानमन्त्री बालकोट गएपछि संसद् खुल्ने आश जाग्यो : उपाध्यक्ष नेम्वाङ
Published:
by .इलाम– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्।
इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हसन्। हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए।
संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताए।
एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादीले नै गरेको बताए।
Comments