Sajhamanch Archive

कोरोना संक्रमण जोखिमको कारण माईमेला स्तगित

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको कनकाई माईमा लाग्दै आएको मकर संक्रान्ति (माई ) मेला यस वर्ष नलाग्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि शिवसताक्षी नगरपालिकाले माई मेला स्तगित गरेको हो । नेपाल सरकार सिसिएमसीको मिति २०७८ पौष २५ गतेको बैठकको सिफारिस बमोजिम कनकाई धार्मिक माई मेला स्तगित गरिएको शिवतसाक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशाकीय अधिकृत, इलाका प्रहरी कार्यालयसहितको बैठकले पौष २८ देखि माघ ०२ गतेसम्म लाग्ने मकर संक्रान्ति मेला यस वर्ष नलाउने निर्णय भएको नगरपालिकाबाट प्रकाशित सुचनामा उल्लेख छ ।

कनकाई माईका दुर्व तटमा नेपालकै ठूलो धार्मिक मेला वर्षेनी लाग्दै आएको थियो । नेपालका विभिन्न ठाउँहरु लगायत भारतका सिक्किम, दार्जिलिङ्गसम्मका मानिसहरु मेला घुम्न आउने गरेका छन् ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *