Sajhamanch Archive

भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु

Published: in विश्व समाचार, by .

एजेन्सी, भारतमा कोरोना संक्रमणदर घट्न सकेको छैन । २४ घण्टामा मात्र त्यहाँ २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा ८४ हजार ४७९ जना निको हुँदा ३७९ संक्रमितको भने मृत्यु भएको छ ।

दैनिक भास्करका अनुसार हालसम्म भारतमा ३ करोड ६३ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ४७ लाख जना उपचारपछि निको भएका छन् । हालसम्म भारतमा ४ लाख ८५ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

भारतमा महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्ली सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय नयाँ संक्रमित थपिँदा ३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पश्चिम बंगालमा २४ घण्टाको अवधिमा २२ हजार १५५ जना नयाँ संक्रमित भेटिएका छन् । सो अवधिमा त्यहाँ २३ जनाको मृत्यु भएको छ । भारतमा तीव्र गतिमा कोरोना फैलिरहेको अर्को राज्य दिल्लीमा २४ घण्टामा २०२१ को अप्रिलयताकै बढी संक्रमित थपिएका छन् ।

सो अवधिमा त्यहाँ २७ हजार ५६१ जना संक्रमित थपिँदा ४० संक्रमितको मृत्यु भएको छ । दिल्लीमा पछिल्लो चार दिनमा ९७ जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *