Sajhamanch Archive

पछिल्लो २४ घण्टामा थपिए ३५ सय ५३ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठामाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ८१ को नमूना परीक्षण गरिएको थियो।

जहाँ २९ सय ५२ जना पीसीआर माध्यम र ६ सय ३१ जना एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले जनाएको छ।

यस अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै आज देशभरबाट २ सय ७१ जनाले कोरोना संक्रमणलाई जितेका छन्। देशभर १४ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ।

हिजो देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ दैनिक उकालो लागिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *