Sajhamanch Archive

सर्वाङ्गीण विकासका लागी योग अनिवार्य

Published: in विविधा, समाज by .

कमल । पालञ्जली योग समिति नेपाल, दमक नगर समिति र लायन्स क्लब अफ दमक एक्टिभले आज विभिन्न कार्यक्रम गरेर ७ औं राष्ट्रिय योग दिवश २०७८ मनाएको छ ।

नेपाल सरकारले हरेक वर्ष माघ १ गतेका दिन राष्ट्रिय योग दिवश मनाउन थालेको यो सातौ वर्ष भयो । “सवाङ्गीण विकासका लागी योग” भन्ने नाराका साथ मनाईएको योग दिवशका अवसरमा विधिन्न संघ सस्थाका प्रतिनिधी, विद्यार्थी शिक्षक, सामाजिक अभियान्ता लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

विकास भन्ना साथ आजको भोलि देखिने सडक, पुल लगायतका भैतिक पुर्वाधार मात्र बुझ्छौ र त्यो विकास भएको छिटै देखिन्छ पनि तर त्यो मात्र विकास होईन अबको विकास भनेको शिक्षा स्वस्थ्य जस्ता मानविय संशाधनको विकास गर्न आवश्यक रहेको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताइन् । उनका अनुसार जब सम्म मानवीय शंसाधनको क्षेत्रको विकास हुदैन तब सम्म विकास सम्ंभव हुदैन । यसका लागी योग आवश्यक छ अहिले नेपाल सरकारले समेत कक्षा ६ देखी १२ सम्मको पाठ्यक्रममा योगलाई समावेस गरेका उनको भनाई थियो ।

ऋषि मुनीको पाला देखी नै गर्दै आईरहेको योग पछिल्लो समय नेपाल सरकारले राष्ट्रिय योग दिवश मनाउन थालेदेखी मात्र प्रचारमा आउन थालेको हो । स्वस्थ्य रहनकालागी योग अति नै आवश्यक छ । यसलाई सबै नगरवासी माझ पुर्याउन स्थानिय सरकाले भुमिका खेल्नुपर्ने दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल गुरागाँईले बताए ।

योग आध्यात्मिक विधा मात्र नभएर सम्पुर्ण नेपालीलाई स्वस्थ्य रहनकालागी अनिवार्य भै सकेको छ । त्यसैले नगरपालिकाका सबै विद्यार्थी माझ प््याउन आवश्यक रहेको नेपाल उपभोक्ता महाँसघका झापा जिल्ला अध्यक्ष संदिप चापागाईल जानकारी दिए ।

अबका दिनमा स्वस्थ्य रहनकालागी योग आवश्यक छ । त्यसैले नेपाल सरकारले योगलाई पाठ्यक्रममा समावेस गरेको छ । स्थानिय पाठ्यक्रका रुपमा समेत यसलाई तयार गरेर नगरपालिका भित्र रहेका सम्पुर्ण विद्यालयमा लागु गर्न आवश्यक रहेको ढुकुरपानी माध्यमिक विद्यालयका शिक्षक नेत्र अधिकारीले बताए ।
कोभिड जस्तो महामारीबाट बच्न हरेक व्याक्ति स्वस्थ्य हुन आवश्यक छ । स्वस्थ्य रहने महत्वपूर्ण पाटो भनेको योग हो । त्यसैले हरेक व्याक्तिले योग गर्न आश्यक रहेको समाजिक अभियान्ता रेजिना भट्टराईले बताइन् ।

कार्यक्रममा सिटिईभिटीद्वारा सन्चालित ३९० घण्टाको योग प्रशिक्षण लिएका योग शिक्षक तथा विद्यार्थीले योगका विभिन्न आशन तथा व्यायमका विधाहरु प्रदर्शन गरेका थिए ।

पालञ्जली योग दमक नगर समिति अध्यक्ष हेमन्ति गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठन विभाग प्रमुख गंगा ढकालले कार्यक्रमको उद्येश्य माथि प्रकास पारेका थिए भने उपाध्यक्ष होम प्रसाद गौतमले गायत्री लगायतका विभिन्न मन्त्रका विषयमा जानकारी गराएका थिए । कार्यक्रको सञ्चालन केन्द्रिय सदस्य जि.पी. तिवारीको रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *