मकर संक्रान्तिमा कनकाई माई मेला लागेन, दोमुखामा भीडभाड
Published: (Updated: )
by .शिवसताक्षी । कोरोना संक्रमण जोखिमका कारण यस वर्ष माई मेला स्तगित भएपनि पर्यटकीय क्षेत्र दोमुखामा भने भीडभाड देखियो ।
सधै वर्ष झै मेला लाग्ने कनकाई माईको दुवै पट्टीका किनार यस वर्ष खाली रहे । आज विहान मेला नलाए पनि मकर नुहाउन आउनेहरुको भीड भाड नै देखिन्थो । शिवसताक्षीको माइधार र कनकाई कोटिहोममा भने मानिसहरुको जमघट भएको थियो ।
ययता कनकाई नगरपालिकाको धनुष्कोटी धाम र शिवसताक्षीको दोमुखा क्षेत्रमा भने मानिसहरुको भीड भाड रहेको थियो । कोही घुम्न आउने तथा कोही पिकनीकमा रमाई रहेको देखिन्थ्यो ।
सरकारले कोरोनाको तेस्रो भेरियन्ट तिब्ररुपमा फैलिकएको भन्दै २५ जना भन्दा बढी भेलाहुन रोक लगाएपनि मकर संक्रान्तिमा भने पर्यटकीय क्षेत्रहरुमा कोरोनाको प्रभाह नगरी स्वत स्फूर्त रुपमा मानिसहरुको जमघट रहेको थियो ।
झापाको कनकाई नगरपालिका र शिवतसाक्षी नगरपालिकाले बढ्दो संक्रमणको जोखिमका कारण यस वर्षको मेला नलागाउने सूचना गरेका थिए ।
कनकाई माईका दुर्व तटमा नेपालकै ठूलो धार्मिक मेला वर्षेनी लाग्दै आएको थियो । नेपालका विभिन्न ठाउँहरु लगायत भारतका सिक्किम, दार्जिलिङ्गसम्मका मानिसहरु मेला घुम्न आउने गरेका छन् ।
ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
Comments