शिवसताक्षी नगरपालिकाले गर्यो, राष्ट्रिय भूमि आयोगसँग सम्झौता
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले भूमिहीन अव्यस्थित बसोबास तथा भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका हुन् ।
शिवसताक्षी नगरपालिकाले र दमक नगरपालिकाले क्रमशः २७ र २८ गते सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले जानकारी थिए ।
झापाबाट चार वटा पालिकालाई अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि सँग सम्झौताका लागी बोलाइएकोमा बुद्धशान्ति र कनकाईले यस अघि नै सम्झौता गरेका थिए ।
आयोगले झापाका पालिकाहरुलाई पौष २४ गते भित्र सम्झौता गर्नु पर्ने पत्र काटेको थियो । तर शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले ४ दिन म्याद सकिएको ४ दिन पछि सम्झौत गरेको हो ।
शिवसताक्षी नगरपालिकाल मेयर चन्द्रकुमार सेर्माले आयोगका पदाधिकारीको सम्पर्क गर्दा पौष भित्र सम्झौता गरेपनि हुन्छ भन्ने मौखिक जानकारी पाएका कारण ४ दिन ढिलो सम्झौता गरिएको बताए ।
भूमि आयोगले पुरानो इमेलमा पत्र पठाएका कारण हामीले २४ गते गरिने सम्झौता थाहा पाउन विलम्ब भएको प्रसाशन प्रमुख डिल्ली नेपालले जानकारी दिए ।
उनले भने, हामीले थाहा पाउने वित्तिकै नगरप्रमुखलाई जानकारी गरायौ र आयोगसँग सम्पर्क गरेका हौ ।
धनिपूजाका लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरेर १८ माघदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेस गर्नुपर्ने नगरप्रमुख सेर्माले बताए ।
उनका अनुसार नगरमा नगर स्तरीय एउटा र वडा स्तरीय अर्को २ वटा सहयोग तथा सहजिकरण समिति गठन हुने छन् । नगर प्रमुख संयोजक रहेको समितिमा उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एक÷ एक जना र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।
यस्तै वडा पालिकामा पनि वडा अध्यक्ष सहित वडा सदस्य र राजनीतिक दलका प्रमुख सम्मिलित सहयोग समिति गठन हुने बताइएको छ ।
Comments