Sajhamanch Archive

मष्तिष्क दौडाउन खानुस यो रक्सी !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

काठमाडौ।  हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ ।

कयौँ अध्ययनहरुले अत्याधिक रक्सी सेवन स्वास्थ्यका लागि हानिकारक हुने स्पष्ट पारेका छन् भने कति अध्ययनहरुले थोरै मात्रामा रक्सी खानु हृदयसम्बन्धी रोग लाग्नु अगावै त्यसलाई रोक्नमा सहायक हुने स्पष्ट पारेका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरका मैकन नेडरगर्डले भने लामो समयसम्म धेरै मात्रामा रक्सी खाएमा केन्द्रीय तन्त्रीकातन्त्रमा नराम्रो असर पर्छ । तर यो अध्ययनले पहिलोपटक के प्रमाणीत गरेको छ भने रक्सी खानु मष्तिष्कका लागि राम्रो र फाईदाजनक छ ।
उक्त अध्ययन जर्नल साईटिफिक रिपोटर्स भन्ने जर्नलमा प्रकाशित भएको छ । यसले ग्लिम्फैटिक सिस्टममा फोकस गर्छ र दिमागमा रहेका अनावश्यक जानकारीहरुलाई निस्कासन गर्न सहयोग गर्छ । यो अध्ययन पहिले मुसामाथि गरिएको थियो जसमा रक्सीको दिर्घकालिन प्रभावलाई स्पष्ट देख्न सकिएको बैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *