Sajhamanch Archive

देशभर ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौंमा २२.५ प्रतिशत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर कुल परीक्षणको ३८.५ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २२।५ प्रतिशत छन्। हाल काठमाडौंमा १३ हजार ९८६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ३ हजार ५५५ र भक्तपुरमा १ हजार ८४६ गरी कुल १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्।

त्यस्तै उपत्यकाका तीन जिल्लामा हालसम्म ३ लाख ५७ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ लाख ३५ हजार ४२ संक्रमणमुक्त भएका छन् भने ३ हजार ३९४ मृत्यु भएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *