Sajhamanch Archive

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारदेखि

Published: in खेलकुद, by .

काठमाडौं- अफ्रिकी राष्ट्र मरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सोमबार साँझसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको होस्टेलमा जम्मा हुन भनेको छ।

नेपालले माघ १५ र १८ मा दशरथ रंगशालामा मरिससविरुद्ध खेल्दैछ। अफ्रिकी राष्ट्रविरुद्ध नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन्। सुरुआतमा ३४ सदस्यीय टोली घोषणा भएपनि सन्तोष तामाङले चोट बोकेपछि उनको स्थानमा आर्मीकै जगजित श्रेष्ठ र च्यासलका आशिष राईलाई टोलीमा समेटिएको छ।

राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समै हुनेछ। यस्तै, केही खेलाडीको कोरोना परीक्षण पनि गरिएको छ।

‘सोमबार एन्फामा रिपोर्ट गर्ने अधिकांश खेलाडीको पीसीआर परिक्षण सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘नतिजा नेगेटिभ पनि आएको छ। हिजो खेल्ने टोलीका र आज खेल हुने टोलीका खेलाडीको परीक्षण गर्न बाँकी छ।’

३४ सदस्यीय प्रारम्भिक टोली :

गोलरक्षक :विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल
मिडफिल्डर :आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई
फरवार्ड:आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *