Sajhamanch Archive

एमालेले दियो २५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ।

एमालेले मातहतका कमिटी र जनवर्गीय संगठनहरुलाई २५ जनाभन्दा बढीको सहभागिता रहने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो। यसअघि निर्धारण भइसकेका त्यस्ता कार्यक्रम स्थगित गर्न पनि पार्टीले निर्देशन दिएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन र कार्यक्रम गर्न निषेध गरेको छ।

धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्न सरकारले निर्देशन जारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *