Sajhamanch Archive

तनहूँको मानहुँकोट बतास समूहलाई नदिन सर्वोच्चको आदेश

Published: in प्रदेश तह, विविधा, समाज, by .

तनहूँ, तनहूँको चर्चित पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बतासलाई रोक्न भनेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी गर्दै सर्वोच्चले लिजमा प्रक्रिया तत्काल रोक्न भनेको हो। मानहुँकोट बतासलाई दिनेबारेको कारण पनि सर्वोच्चले सरकारसँग मागेको छ।

चर्चित पर्यटकीयस्थललाई विशुद्ध व्यापारिक प्रयोजनका लागि बतास समूहको व्यास हिल्स प्रालिलाई न्यून मूल्यमा लामो समयका लागि दिन लागिएको दाबीसहित अधिवक्ता रामचन्द्र पौडेलले सर्वोच्चमा रिट हालेका थिए।

पौडेलले रिट निवेदनमा मानहुँकोटलाई व्यापारिक थलो बनाउन थालिएको जिकिरसहित सम्पूर्ण प्रक्रिया रद्ध गर्न गरेको मागमा अल्पकालीन अन्तरिम आदेश आएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *